ad ad

समाज


डडेल्धुरामा दहमा डुबेकी साथीलाई निकाल्न खोज्दा अर्की किशोरी पनि पानीमा डुबिन्, दुवैको मृत्यु

डडेल्धुरामा दहमा डुबेकी साथीलाई निकाल्न खोज्दा अर्की किशोरी पनि पानीमा डुबिन्, दुवैको मृत्यु

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १०:३०, काठमाडौँ

डडेल्धुरामा नदीमा नुहाउन गएका दुई किशोरीको दहमा डुबेर मृत्यु भएको छ।

गन्यापधुरा गाउँपालिका-२ कुँवर गाउँका नारद सार्कीकी १७ वर्षीया छोरी लक्ष्मी र सोही ठाउँका इन्द्रबहादुर मल्लकी १४ वर्षीया छोरी दीपाको नुहाउने क्रममा गहिरो दहमा डुबेर मृत्यु भएको हो। 

‘आइतबार दिउँसो गाउँ नजिकै रहेको खोलामा नुहाउने क्रममा दुवै गहिराे दहमा डुब्दा उनीहरुको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले नेपालखबरसँग भने, ‘उनीहरुको शव पोस्मार्टमको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ।’ 

सुरुमा नुहाउने क्रममा लक्ष्मी गहिरो दहमा डुब्न पुगेकी थिइन्। उनलाई निकाल्ने क्रममा दीपा पनि डुबेकी इन्सपेक्टर नायकले बताए। 

‘यस घटनाका सम्बन्धमा हामी थप अनुसन्धान पनि गरिरहेका छौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .