बंगलादेशमा सम्पन्न एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता जितेको टोलीमा सामेल गण्डकीका ४ खेलाडीलाई प्रदेश सरकारले सम्मान गरेको छ।
गण्डकीको खेलकुद मन्त्रालयले टोलीकी कप्तान म्याग्दीकी अरुणा शाहीसहित तनहुँकी उषा भण्डारी, बागलुङकी सफिया पुन र नवलपुरकी शान्तिकुमारी थारुलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरेको हो।
गण्डकीका खेलकुदमन्त्री राजीव गुरुङले उनीहरुलाई सम्मानित गरेका हुन्। सोही अवसरमा उनले नवौं राष्ट्रिय खेलकुदले सोचेजस्तो परिणाम नदिने जिकिर पनि गरे।
72
Shares
प्रतिक्रिया