महिलातर्फ नेपाल एपिएफ क्लबकी फुलमती राना र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पालले १५ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रगंशालामा शनिबार भएको खेलमा महिलातर्फ फुलमती र पुरुषतर्फ मुकेशले स्वर्ण हात पारेका हुन्।
महिलातर्फ एपीएफकी फुलमतीले विभागीय टोली त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितिन्।
फुलमतीले निर्धारित दुरी ४ मिनेट ३८.१९ सेकेन्डमा पूरा गरिन्। सरस्वतीले ४ मिनेट ४१.०० सेकेन्डमा दुरी पुरा गरिन्।
आर्मीकै रेखा लिम्वुले ५ मिनेट ०३.८० सेकेन्डमा दुरी पार गर्दै कास्य जितिन्।
पुरुषतर्फ आर्मी क्लबका मुकेश पालले एपिएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जिते।
मुकेशले निर्धारित दुरी ३ मिनेट ५२.२१ सेकेन्डमा पार गरे। रजत जितेका अजितले ३ मिनेट ५३.११ सेकेन्डमा दुरी पुरा गरे। पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६.४ सेकेन्डमा दुरी पार गर्दै कास्य जिते।
Shares
प्रतिक्रिया