ad ad

खेल


पब्जी विश्व च्याम्पियनमा नेपाली टोली दोेस्रो, जित्यो तीन करोड बढीको पुरस्कार

पब्जी विश्व च्याम्पियनमा नेपाली टोली दोेस्रो, जित्यो तीन करोड बढीको पुरस्कार

नेपालखबर
पुस २४, २०७९ आइतबार २२:२, काठमाडौँ

नेपाली युवाहरूको टोली पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा दोस्रो भएको छ। इन्डोनेसियामा भएको फाइनल चरणको खेलमा नेपालको डीआरएस टीम टर्कीको एसटुजीसँग पराजित हुँदै दोस्रो स्थान पक्का गरेको हो।

फाइनल अर्थात अन्तिम  चरणको भिडन्तमा एसटुजीले १९० अंक जोड्यो। नेपाली टोली डीआरएसले १५८ अंक  जोडेको छ।

उपविजेता बनेको नेपाली टोली डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार जितेको छ। यो भनेको नेपाली रूपैयाँ तीन करोडभन्दा धेरै हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .