ad ad

खेल


नवप्रवेशी खुमलटार रेलिगेसनमा

नवप्रवेशी खुमलटार रेलिगेसनमा

नेपालखबर
जेठ २६, २०८० शुक्रबार १७:४१, काठमाडौँ

गत सिजन ए डिभिजनमा बढुवा भएका चर्च ब्वाइज युनाइटेड क्लब शहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बन्दा एफसी खुमलटार भने बी डिभिजनमा नै झरेको छ।

यसै सिजन ए डिभिजन खेलेको खुमलटार शहिद स्मारक ए डिभिजन लिगको आफ्नो अन्तिम खेलमा चर्च ब्वाइज युनाइटेडसँग २–० ले पराजित हुँदै फेरि बी डिभिजनमा नै झरेको हो।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलको १३ औं मिनेटमा एरिक विष्टको फ्रिकीकमा शुशिल शाहको गोलमा चर्चब्वाइजले सुरुवाती अग्रता बनाएको थियो।

खेलको २५ औं मिनेटमा खुमटारका मेसुके अन्मान्र्डको पेनाल्टी पोष्टमा लाग्दा गोलको सुन्दर मौकालाई सदुपयोग गर्न सकेनन्। २४ औं मिनेटमा चर्च ब्वाइजका गोलरक्षक प्रिसोले मेसुकेलाई पेनाल्टी एरियामा धकेलेपछि रेफ्रिले खुमलटारलाई पेनाल्टीको मौका दिएका थिए।

इन्ज्युरी समयमा जोस्जे ओउसु बेम्पाले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाए।

खेलको ४६ औं मिनेटमा चर्च ब्वाइजका खेलाडीले खुमलटारको खेलाडीलाई तानेपछि खुमलटारले फ्रिकीकको मौका पाएको थियो। डिबक्स नजिकमा पाएको फ्रिकीकमा मेसुकेको फ्रिकीकमा गोल गरेपनि रेफ्रिले अफसाइड दिए। सोही प्रहारमा प्रिसोले खुमलटारका खेलाडीलाई हात हालेका थिए।

गोलरक्षक प्रिसोले दोहोरो पँहलो कार्ड खादै मैदान छाडेपछि ५४ मिनेटमा चर्च ब्वाइज १० खेलाडीमा सिमित भयो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा चर्च ब्वाइजले जितसँगै सिजनको अन्त्य गरेको छ।

पहिलो हाफको इन्ज्युरी समयमा विवाद भएपछि खेलमा विवाद भएको थियो। तनावकै कारण खेल करिब २० मिनेटभन्दा बढी समय रोकिएको थियो।

खुमलटारका अफिसीयल र बेन्चमा रहेका खेलाडीले रेफ्रिको निर्णय प्रति असन्तुष्टि जनाएपछि खेलमा विवाद सुरु भएको थियो। खुमलटारका अफिसियल र बेन्चका खेलाडीहरु मैदानमा पानीको बोतल फाल्दै  रेफ्रिलाई हातपात गर्न नै मैदान प्रवेश गरेका थिए। खुमलटारका अफिसियल र खेलाडीले रेफ्रिलाई अपशब्द प्रयोग गरेका थिए।

विवादपछि रेफ्रि प्रज्वल क्षेत्रीले खुमलटारका तिन अफिसियल र बेन्चका एक खेलाडीलाई सिधै रातो कार्ड दिएका थिए। तर रातो कार्ड पाएपछि पनि खुमलटारका अफिसीयलले बेन्च छाड्न नमानेपछि रेफ्रिले आफुहरुको सुरक्षाको कारण देखाउँदै खेल रोकेका थिए।

गत सिजन बी डिभिजनको दोस्रो स्थानमा रहँदै खुमलटार ए डिभिजनमा उक्लेको थियो। बी डिभिजन च्याम्पियन बन्दै ए डिभिजनमा उक्लेको चर्च ब्वाइज पहिलो सिजनमा नै ए डिभिजनका उपाधि उचाल्न सफल भयो।

सिजनको एक खेल अगावै चर्च ब्वाइज लिग च्याम्पियन बनेको थियो। एकै सिजन ए डिभिजनमा आएका चर्च ब्वाइज शीर्ष स्थानमा रहँदा खुमलटार भने पुछारमा रह्यो। जारी सिजन उतारचढावपुर्ण यात्रा गरेको खुमलटारको व्यवस्थापनलाई लिएर निकै चर्चा भयो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .