एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तान एसँग ९ रनले हारेको छ।
८८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्र बनाउन सक्यो। ओपनर कविता कुँवरले २० रनको योगदान दिइन्। अन्य ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।
ओपनर सीता रानामगर ६ रनमा आउट भइन्। बिन्दु रावल ३ रनमा एलबीडब्ल्यू धरापमा परिन्।
कविता जोशी १५ र ज्योति पाण्डे ९ रनमा नटआउट भए।
हङकङमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तान १९.२ ओभरमा ८७ रनमा अल आउट भयो।
नेपालका लागि सीता रानामगर, कविता जोशी र कविता कुँवरले समान २ विकेट लिए।
नेपालले बिहीबार समूहको दोस्रो खेलमा भारत एसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक हङकङसँग खेल्ने तालिका छ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्न पाउने छन्।
प्रतिक्रिया