ad ad

खेल


श्रीलंकासँग ओमान निरीह

श्रीलंकासँग ओमान निरीह

नेपालखबर
असार ८, २०८० शुक्रबार १७:२०, काठमाडौँ

आईसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलंकाले ओमानलाई पराजित गरेको छ। 
    
जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा आज भएको समूह बी को खेलमा श्रीलंकाले ओमानलाई १० विकेटले पराजित गरेको हो। आमानले दिएको ९९ रनको चुनौतीलाई श्रीलंकाले १५ ओभरमा बिना विकेट पूरा गर्‍यो। 

श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ६१ बल खेल्दै आठ चौका बनाए।

त्यस्तै, पथुम निस्साङकले ३९ बलमा पाँच चौकाको सहयोगमा ३७ रन बनाए।
    
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटिएको थियो। ओमानका लागि आयान खानले सर्वाधिक ४१ रनको योगदान दिए।

उनले ६० बल खेल्दै चार चौकाको मद्दतमा ४१ रनको योगदान दिएका हुन्। 
    
यसैगरी ओमानका जतिन्दर सिंहले २१ तथा फयाज बुट्टले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलकांका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिर कुमाराले तीन विकेट लिए। त्यस्तै कसुन रजितले एक विकेट झारे। 
    
यस जितसँगै लगातार दोस्रो जित दर्ता गराएको श्रीलंकाले चार अङ्क जोडेको छ। श्रीलंकाले पहिलो खेलमा युएईलाई हराएको थियो। तीन खेल खेलको ओमानको पनि समान चार अंक नै रहेको छ।

यसअघि ओमानले आयरल्यान्ड र यूएईलाई पराजित गरेको थियो। जारी विश्वकप छनोटमा यो सबैभन्दा फराकिलो अन्तर हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .