विभागीय टोली नेपाल पुलिस क्लबले सातौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पारेको छ।
पुलिसले दाँवाली मिलनमाथि ३-० को सोझो सेटमा जित निकाल्दै फाइनल सम्भावना बलियो बनाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा पुलिसले २५-२१, २५-१९ र २५-१७ को सेटले विजयी भयो।
लगातार चार हारसँगै दाँवाली मिलन क्लब प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिने पहिलो टोली बनेको छ। पुलिसविरुद्ध राम्रो प्रदर्शन गरे पनि कुनै सेट जित्न सकेन।
पुलिसले पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ र सैलुङ बागढुङ्गालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
उता दाँवाली मिलन एपीएफ, आर्मी र टिपटप हेल्प नेपालसँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो।
नेपाल एपीएफ क्लब २ खेलमा ६ अंकका साथ तेस्रो स्थानमा छ।
टिपटप हेल्प नेपाल २ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ।
गण्डकी ३ खेलमा १ अंकका साथ पाँचौं स्थानमा छ। दाँवाली ४ र सैलुङ ३ खेलमा जित विहीन हुँदै छैटौं र सातौं स्थानमा छन्।
Shares
प्रतिक्रिया