ad ad

खेल


दीपेन्द्रले २८ रन बनाए पनि हार्‍यो टाइगर्स

दीपेन्द्रले २८ रन बनाए पनि हार्‍यो टाइगर्स

नेपालखबर
साउन ११, २०८० बिहिबार ११:११, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टी–२० क्यानडामा हार भोगेको छ। 

ब्राम्पटन वुल्भ्सविरुद्धको खेलमा टाइगर्स १५ रनले हारेको हो। 

वुल्भ्सले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको टाइगर्स १९.१ ओभरमा १ सय २८ रनमा समेटियो। 

टाइगर्सका लागि दीपेन्द्रसिंह ऐरी र शकिब अल हसनले समान २८ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। ऐरीले २४ बलमा २ चौकासहित २८ रन बनाए।

सकिब अल हसनले २१ बलमा ४ चौका र १ छक्कासहित २८ रनको योगदान दिए। दिलप्रित सिंहले २४ र शेफेन रदरफोर्डले १० रन बनाए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

त्यसअघि टाइगर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ब्राम्पटन १९.५ ओभरमा १ सय ४३ रनमा अल आउट भयो। 

ब्राम्पटनका लागि कोलिन डि ग्रान्डहोमले ५६ रनको योगदान दिए। ओपनर उस्मान खान ३३ र मार्क चमपान २१ रनमा आउट भए।

टाइगर्सका लागि कार्लोस ब्रेथवेट र आयान अफ्जल खानले समान ४ विकेट लिए। दीपेन्द्रले २ ओभरमा २० रन खर्चिए पनि कुनै विकेट लिन सकेनन्।्

दीपेन्द्र सम्मिलित टोलीले शनिबार टोरोन्टो नेसनलसँग खेल्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .