ad ad

खेल


नेपाल पहिलोपटक विश्व साइक्लिङमा सहभागी हुँदै

नेपाल पहिलोपटक विश्व साइक्लिङमा सहभागी हुँदै

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०८० शुक्रबार ६:५५, काठमाडौँ

नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसीपमा सहभागी हुँदै छ। यही साउन १७ देखि २८ गतेसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक/एक पुरुष-महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। 

पुरुषमा सुरज रानामगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटिबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन्। उषाले १३औँ दक्षिण एसियाली खेलकुदमा एमटिबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन्। 

यसैगरी टोली व्यवस्थापकमा नेपाल साइक्लिङ सङ्घका महासचिव रञ्जन राजभण्डारी छन्। टोली आइतबार स्कटल्यान्ड प्रस्थान गर्नेछ। सहभागी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बिहीबार यहाँ आयोजित कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .