ad ad

खेल


एसिया कप : भारतले पायो नयाँ लक्ष्य, २३ ओभरमा १ सय ४५ रन बनाउनुपर्ने

एसिया कप : भारतले पायो नयाँ लक्ष्य, २३ ओभरमा १ सय ४५ रन बनाउनुपर्ने

नेपालखबर
भदौ १८, २०८० सोमबार २२:२४, काठमाडौँ

एसिया कपमा नेपालविरुद्ध जितका लागि भारतले १ सय ४५ रनको लक्ष्य पाएको छ।

श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा वर्षाका कारण खेल प्रभावित भएपछि भारतले नयाँ लक्ष्य पाएको हो।

भारतले १ सय ४५ को लक्ष्य २३ ओभरमा भेट्टाउनुपर्नेछ। 

ग्राउण्ड स्टाफसँगको छलफलपछी अम्पाएरले  दुवै टोलीका कप्तानसँग छलफल गरेपछि ओभर घटाएका हुन्। 

नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकीएको हो।

२.१ ओभरमा भारतले विना विकेटको क्षति १७ रन बनाएको छ। 

ओपनर तथा कप्तान रोहित शर्मा ४ र शुभमन गिल ११ रनमा नटआउट छन्। खेल साढे १० बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .