आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको समूह चरणको दोस्रो खेल जारी छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेलमा अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।
जितका लागि मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६५ रनको योगफल तयार पारेको छ।
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुबैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो।
आठ राष्ट्रको सहभागिता रहेको यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।
मंगगलबार कीर्तिपुरमा जारी खेलका केही तस्बिरहरूः
.
Shares
प्रतिक्रिया