ad ad

खेल


विश्वकपबाट बाहिरिए बंगलादेशका अलराउन्डर सकिब अल हसन

विश्वकपबाट बाहिरिए बंगलादेशका अलराउन्डर सकिब अल हसन

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १५:३६, काठमाडौँ

हातमा चोट लागेपछि बंगलादेशका अलराउन्डर सकिब अल हसन आईसीसी विश्वकप क्रिकेट २०२३ बाट बाहिरिएका छन्। 

सोमबार श्रीलंकाविरुद्धको खेलमा ब्याटिङ गर्ने क्रममा उनको हातमा चोट लागेको थियो। 

खेलपछि गरिएको एक्स–रे मा उनको उनको हातमा गम्भीर चोट लागेको पुष्टि भएको हो। चोट लागेसँगै उनले आगामी २५ गते भारतको पुनेमा अष्टे«लियासँग हुने समुह चरणको अन्तिम खेल गुमाउने पक्का भएको छ। 

बंगलादेशका टोलीका फिजियो बेर्जेदुल इस्लाम खानले चोटबारेमा जानकारी दिएका हुन्। 

इनिङस्को सुरुमा उनको देब्रे हातको औलामा चोट लागेको थियो। त्यसपछि उनले ट्यापिङ र पेनकिलरको साथमा ब्याटिङ गरेका थिए। 

खेलपछि उनको दिल्लीमा आपतकालिन एक्स–रे गरिएको थियो। जहाँ उनले बायाँ पीआइपी जोइन्टमा फ्याक्चर भएको पुष्टि भएको थियो। 

चोटमुक्त हुन उनलाई तिन देखि चार हप्ता लाग्ने अनुमान गरिएको छ। 

चोटपछि बाँकी खेल गुमाएका उनले आजै बंगलादेश फर्कनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .