ad ad

खेल


नेपाललाई चौथो झट्का, कप्तान देवसँगै उत्तम पनि आउट

नेपाललाई चौथो झट्का, कप्तान देवसँगै उत्तम पनि आउट

नेपालखबर
माघ ७, २०८० आइतबार १९:३४, काठमाडौँ

आइसीसी यु-१९ विश्वकप क्रिकेटअन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपालले लगातार झट्का ब्यहोरेको छ।

कप्तान देव खनाल आउट भएलगत्तै उत्तम मगर पनि आउट भएका छन्।

३ बल खेलेका उत्तम शून्यमै आउट भए। यसअघि देव खनाल ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरेका देव ३६ रनमा क्याच आउट भए। 

त्यसअघि ओपनर दीपक बोहोरा शून्य र आकाश त्रिपाटी २ रनमा क्याच आउट भएका थिए। 

न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा ३ विकेटको क्षतिमा ७७ रन बनाएर खेलिरहेको छ। 

तेस्रो विकेटका लागि कप्तान देव र ओपनर अर्जुन कुमालले ५९ रनको साझेदारी गरे। 

अहिले क्रिजमा ओपनर अर्जुन कुमाल ३३ र गुलशन झा शून्य रनमा नटआउट छन्। 

न्युजिल्यान्डका लागि मासोन क्लार्क, मट रोवे र ओस्कार ज्याक्सनले एक एक विकेट लिए। 

त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .