ad ad

खेल


न्युजिल्यान्डविरुद्ध अर्जुन कुमालको अर्धशतक

न्युजिल्यान्डविरुद्ध अर्जुन कुमालको अर्धशतक

नेपालखबर
माघ ७, २०८० आइतबार २०:११, काठमाडौँ

लगातार विकेट पतन भएपछि संकटमा परेको नेपालका लागि ओपनर अर्जुन कुमालले अर्धशतक पूरा गरेका छन्। 

उनले ७४ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ५३ रन बनाउन सफल भएका हुन्। 

अहिले उनलाई दीपक बोहोराले २१ बल खेल्दै १३ रनको अवस्थामा साथ दिइरहेका छन्।

यसअघि आइसीसी यू१९ विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्ध लगातार विकेट पतन हुँदा नेपाल दबाबमा परेको थियो।

न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २७ ओभरको खेल जारी रहँदा ५ विकेटको क्षतिमा १ सय २९ रन बनाएर खेलिरहेको छ।  

अहिले क्रिजमा अर्जुन कुमाल ५८ र दीपक बोहोरा १३ रनमा नटआउट छन्। 

ओपनर दीपक बोहोरा शून्य र आकाश त्रिपाठी २ रनमा क्याच आउट भए। तेस्रो विकेटका लागि कप्तान देव र ओपनर अर्जुन कुमालले ५९ रनको साझेदारी गरे। 

कप्तान देव खनाल आउट भएका छन्। ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरेका देव ३६ रनमा क्याच आउट भए। विकेट किपर उत्तम मगर शून्य रनमा आउट भए। अनुभवी अलराउण्डर गुल्सन झा २ रनमा क्याच आउट भए। 

न्युजिल्यान्डका लागि मासोन क्लार्क, मट रोवे, ओस्कार ज्याक्सन, इवाल्ड, ज्याक कुमिन्सले समान एक विकेट लिए। 

त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .