ad ad

खेल


दुवै आकाशले दिलाए नेपाललाई सफलता, पाकिस्तानले गुमायो चार विकेट

दुवै आकाशले दिलाए नेपाललाई सफलता, पाकिस्तानले गुमायो चार विकेट

नेपालखबर
माघ १०, २०८० बुधबार २०:४, काठमाडौँ

आईसीसी यू १९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपालका लागि आकाश त्रिपाठी र आकाश चन्दले सफलता दिलाएका छन्।

पछिल्लो पटक आकाश त्रिपाठीले साद बाइगलाई पवेलियन फर्काए। २७ औँ ओभरको चौथो बलमा आकाश त्रिपाठीले बाइगलाई शून्यमै दीपक बोहोराको हातबाट क्याच आउट गराए।

यससँगै नेपालको लक्ष्य पछ्याएको पाकिस्तान केही दबाबमा परेको छ।

यसअघि नेपालका लागि आकाश चन्दले तीन विकेट लिएका थिए। 

नेपालका लागि आकाशले २५ औँ ओभरको छैटौँ बलमा अराफत मिन्हासलाई दीपक डुम्रेको हातबाट क्याच गराए।

यसअघि लामो समयको प्रतिक्षापछि नेपालका लागि आकाशले नै २२औँ ओभरको दोस्रो र चौथो बलमा पाकिस्तानका दुई विकेट झार्न सफल भएका थिए।

आकाशले पाकिस्तानका ओपनर श्यामयल हुसैन र साहजित खानलाई पवेलियन फर्काएका थिए। 

२२ औँ ओभरको दोस्रो बलमा श्यामललाई विकेट किपर उत्तम थापामगरको हातबाट क्याच गराएका आकाशले चौथो बलमा आकाश त्रिपाठीको हातबाट साहजिदलाई पनि क्याच आउट गराएका थिए।

नेपालले दिएको १ सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले २७ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा १०३ रन बनाएर खेलिरहेको छ।

पहिलो विकेटका लागि श्यामल हुसैन र सहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी गरेका थिए।

हुसैनले ५९ बलमा ४ चौका र १ छक्का सहयोगमा ३७ रन बनाएर आउट भए।

अहिले क्रिजमा अजान अवाइस र साद बाइग छन्। अवाइसले १३ रन बनाउँदा बाइग शून्यमै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .