ad ad

खेल


अफगानिस्तानी इनिङस् धरापमा, नेपाललाई आठौं सफलता

अफगानिस्तानी इनिङस् धरापमा, नेपाललाई आठौं सफलता

नेपालखबर
माघ १२, २०८० शुक्रबार १५:४३, काठमाडौँ

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आठौं विकेट झार्दा अफगानिस्तानको इनिङस् धरापमा परेको छ।

नेपाललाई दीपेश कँडेल र तीलक भण्डारीले लगातार सफलता दिलाएका हुन्। दीपेशले २१ औं ओभरको तेस्रो बलमा आरव गुललाई शून्य रनमै एलबीडब्लू धरापमा पारे।

त्यसअघि आफ्नो पहिलो ओभर बलिङ गर्न आएका तीलक भण्डारीले अफगानिस्तानका लागि आक्रामक ब्याटिङ गरिरहेका अल्ला महमद घजानफरलाई सुवास भण्डारीको हातबाट क्याच आउट गराएका थिए।

तीलकको बलमा क्याचआउट हुनु अघि घजानफरले लगातार बाउन्ड्री प्रहार गरेका थिए। पहिलो बलमा छक्का प्रहार गरेका उनले दोस्रो बलमा चौका प्रहार गरे। तेस्रो बलमा पनि लामो सर्ट प्रहार गर्न खोज्दा उनी क्याचआउट हुन पुगे। घजानफर २१ बलमा ३७ रनको योगदान गरे।

त्यसअघि १२ औं ओभरमा ४३ रन जोड्दा अफगानिस्तानले छैठौं विकेट गुमाएको थियो। २१ ओभरको खेल सकिँदा अफगानिस्तानले ८ विकेटको क्षतिमा ८८ रन बनाएको छ।

नेपालका लागि सागर चन्दले ५ र गुल्सन झाले एक विकेट लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .