मिडफिल्डर सारा बज्राचार्यको कप्तानीमा नेपाली महिला टोली बंगलादेशमा हुने साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई बिदाइ गर्दै कप्तानीको जिम्मेवारी सारा बज्राचार्यलाई दिएको हो।
टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल साहुखल, सहायक प्रशिक्षकमा गंगा गुरुङ र श्यामसुन्दर सिंह छन्। गोलकिपिङ प्रशिक्षकमा शैलेश कर्माचार्य छन्।
टोलीको व्यवस्थापकमा इन्दु दुवाल छिन्। शुक्रबार हुने प्रतियोगितामा नेपालले साविक विजेता बंगलादेश, भारत र भुटानसँग खेल्नेछ।
नेपालले पलिहो खेलमा शुक्रबार घरेलु टोलीको सामना गर्नेछ।
आइतबार भारत र समुह चरणको अन्तिम खेलमा मंगलबार भुटानसँग खेल्नेछ।
साफ महिला च्याम्पियनसिप माघ १९ गतेदेखि २५ गतेसम्म हुनेछ। प्रतियोगिताका सबै खेल ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्ताफा कमल रंगशालामा हुनेछ।
नेपाली टोलीः
गोलरक्षक : सुजाता तामाङ, करुण बुढाथोकी, लीला जोशी
डिफेन्डरः दिभ्या यस्माइली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिम्रन राई र माया मास्के
मिडफिल्डरः बिर्सना चौधरी, जुना विश्वकर्मा, सार्हा बज्राचार्य, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ
फरवार्डः सेनु परियार, सुक्रिया मिया, बर्षा वली, लीला चन्द, पुर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान
तस्बिरहरू : सरोज बैजु
Shares
प्रतिक्रिया