ad ad

खेल


प्यालेस्टाइनलाई हराउँदै आयोजक कतार क्वाटरफाइनलमा

प्यालेस्टाइनलाई हराउँदै आयोजक कतार क्वाटरफाइनलमा

नेपालखबर
माघ १६, २०८० मंगलबार ९:३९, काठमाडौँ

आयोजक कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

गएराति प्यालेस्टाइनलाई २–१ गोलले हराउँदै घरेलु टोली कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो। 

३७औँ मिनेटमा ओडे दब्बाघको गोलबाट प्यालेस्टाइनले अग्रता लिए पनि कतार पहिलो हाफमै गोल गर्दै खेल बराबरी गर्न सफल भयो।

कतारका तर्फबाट इन्ज्युरी समयको छैटौँ मिनेटमा हसन अल हेयदसले गोल गरेका थिए।  

४९औँ मिनेटमा प्राप्त पेनाल्टीको सदुपयोग गर्दै आक्राम अफिफले गरेका गोल नै कतारको जितका लागि निर्णायक भयो।  

यसैबीच एसियन कपमा आज दुई प्रि क्वाटरफाइनलका खेल हुनेछन्।

नेपाली समय‌ानुसार साँझ ५:१५ बजे उज्वेकिस्तान र थाइल्यान्ड भिड्ने भएका हुन्। यस्तै राति ९:४५ बजे साउदी अरेबिया र दक्षिण कोरिया प्रतिस्पर्धा गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .