इंग्लिस प्रिमियर लिग अन्तर्गत गराराति भएको खेलमा एस्टन भिल्ला न्युकासलसँग पराजित भएको छ।
उपाधि दाबेदारको रुपमा हेरिएका एस्टन भिल्ला न्यूकासलसँग ३-१ गोलअन्तरले पराजित बनेको हो।
२१ खेलबाट ४३ अंक जोडेको एस्टन भिल्ला चौथो स्थानबाट उक्लिन चाहन्थ्यो। तर, न्युकासलसँग पराजित बनेपछि एस्टन भिल्ला चौथो स्थानमै रोकिएको छ। यो जितसँगै न्यूकासल ३२ अंकसहित सातौँ स्थानमा उक्लिएको छ।
जितको लागि न्यूकासलका फाबियन स्करले ३२ र ३६ औं मिनेटमा २ गोल गरे। खेलको ५२ औं मिनेटमा एलेक्स मोरेनोले आत्मघाती गोल गर्दा न्युकासल ३-१ ले विजयी हुन पुग्यो।
एस्टन् भिल्लाका लागि खेलको ७१ औं मिनेटमा वल्ली वात्किन्सले सान्त्वना १ गोल फर्काए।
15
Shares
प्रतिक्रिया