नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन फुटबल खेल्ने भएकी छन्।
साम्बाले फ्रान्सको शीर्ष डिभिजनको फुटबल क्लब ईए गुइङ्ग्याम्पसँग डेढ वर्षको सम्झौता गरेकी हुन्। योसँगै उनले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने पक्का भएको हो।
साम्बा २८ नम्बरको जर्सी लगाएर खेलमा सहभागी हुनेछिन्।
उनी अनुबन्धित क्लबले शनिबार हुने लिग खेलका लागि उनलाई छनोट गर्ने सम्भावना छ।
उक्त दिन गुइङ्ग्याम्पले बोर्डोसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
96
Shares
प्रतिक्रिया