ad ad

खेल


भातरविरुद्ध पनि चलेन गुल्शनको ब्याट, १ रनमा आउट भए

भातरविरुद्ध पनि चलेन गुल्शनको ब्याट, १ रनमा आउट भए

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०८० शुक्रबार २०:२४, काठमाडौँ

आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सअन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङमा आएका गुल्शन झा फेरि फ्लप भएका छन्। 

भारतविरुद्ध सातौँ क्रममा आएका उनी १ रन बनाउँदै बोल्ड हुन पुगे। यसअघि भारतविरुद्ध बलिङका क्रममा ३ विकेट लिएका ब्याटमा भने लगातार फ्लप सावित भए।

नेपाली सिनियर टोलीका सदस्य उनको जारी विश्वकपमा ब्याटिङक चल्न सकेन। उनले सबैजसो खेलमा दोहोरो स्कोर पनि गर्न सकेनन्।

शुक्रबार भारतविरुद्धको खेलमा उनी २६ औँ ओभरको दोस्रो बलमा बोल्ड आउट हुन पुगेका छन्। 

यससँगै उनको युवा टोलीसँगको विश्वकप यात्रा बिर्सनलायक सावित भएको छ। नेपालले भारतसँगको खेलसँगै आफ्नो विश्वकप यात्रा पनि टुंग्याउँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .