ad ad

खेल


शीर्ष लिभरपुल दोस्रो स्थानको आर्सनलसँग हार्‍यो

शीर्ष लिभरपुल दोस्रो स्थानको आर्सनलसँग हार्‍यो

नेपालखबर
माघ २२, २०८० सोमबार ८:२१, काठमाडौँ

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनलसँग हारेको छ। 

आइतबार राति घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु आर्सनलले लिभरपुललाई ३–१ गोलअन्तरले जितेको हो। 

आर्सनलको जितमा बुकायो साका, गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक/एक गोल गरे।

खेलको १४औँ मिनेटमा गोल गर्दै साकाले आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर लुइज डियाजको क्रस आर्सनल डिफेन्डर गाब्रिएल माघालेसले आफ्नै जालीतर्फ हानेपछि लिभरपुलले गोल बराबरी बनाएको थियो। 

तर दोस्रो हाफपछि आर्सनलले लिभरपुलविरुद्ध थप दुई गोल गर्‍यो। 

८८औँ मिनेटमा लिभरपुल १० खेलाडीमा खुम्चिएको थियो। डिफेन्डर इव्राहिम कोनाटे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए।

त्यसको चार मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनलको जित सुनिश्चित गरेका हुन्।

जितसँगै आर्सनलले २३ खेलबाट ४९ अंक भएको छ। लिभरपुलले २३ खेलबाट ५१ अंक जोड्दै शीर्ष स्थानमा कायम छ।

तेस्रो स्थानमा रहेको सिटी सोमबार ब्रेन्टफर्डसँग भिड्दै छ। २१ खेल खेलेको सिटी दुई खेल जिते शीर्ष स्थानमा उक्लिने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .