ad ad

खेल


क्यानडाविरुद्धको खेलमा नेपालले गुमायो २ विकेट, कप्तान रोहित पनि आउट

क्यानडाविरुद्धको खेलमा नेपालले गुमायो २ विकेट, कप्तान रोहित पनि आउट

नेपालखबर
माघ २५, २०८० बिहिबार १०:३९, काठमाडौँ

क्यानडाविरुद्ध तीन खेलको ओडीआई सिरिजको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल पनि आउट भएका छन्।

१७ बलमा १ चौकाको मद्दतमा ८ रन बनाएका कप्तान पौडेल १५औँ ओभरको तेस्रो बलमा क्याच आउट भए। 

त्यसअघि पहिलो विकेटका रुपमा ओपनर आरिफ शेख पनि क्याच आउट भएका थिए। आरिफ दसाैँ ओभरको पहिलो बलमा ८ रन बनाउँदा नै आउट हुन पुगे। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले १५ ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ७१ रन बनाएर खेलिरहेको छ। 

ओपनर कुशल भुर्तेल ५१ रनमा नटआउट छन्। चौथो नम्बरमा भीम सार्की ब्याटिङमा आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .