ad ad

खेल


हङकङमा नखेलेका मेस्सी जापानमा खेलेपछि चिनियाँ प्रशंसक क्रुद्ध, घाउमा नुन छरेको आरोप

हङकङमा नखेलेका मेस्सी जापानमा खेलेपछि चिनियाँ प्रशंसक क्रुद्ध, घाउमा नुन छरेको आरोप

नेपालखबर
माघ २५, २०८० बिहिबार १४:६,

हङकङमा भएको खेलमा नखेलेका लियोनल मेस्सी जापान पुगेर मैदानमा उत्रिएपछि उनका चिनियाँ र हङकङे प्रशंसक क्रुद्ध भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम र हङकङका राजनीतिकर्मी समेतले मेस्सीको आलोचना गरेका छन्।

आइतबार मेस्सी आबद्ध इन्टर मायामीले हङकङ ११ सँग यो सहरमा खेल खेलेको थियो। मेस्सीलाई मैदानमा हेर्न हङकङेहरुले महँगो टिकट किनेका थिए। 

खेल हेर्न ४० हजार दर्शक ६४० अमेरिकी डलरको टिकट काटेर भेला भएका थिए। तर, मेस्सी मैदानमा नउत्रिएपछि उनीहरु निराश भए। मैदानमै पैसा फिर्ता माग्दै नाराबाजी समेत भयो।

मायामीका प्रशिक्षक टाटा मार्टिनोले मेस्सी घाइते रहेकाले नखेलेको स्पष्टीकरण दिए।

आइतबारै सरकारले समेत वक्तव्य जारी गर्दै फुटबल फ्यानजत्तिकै सरकार पनि निराश भएको बतायो र आयोजकहरुमाथि प्रश्न उठायो।

तर, हङकङपछि जापान पुगेका मेस्सीले बुधबार भिसेल कोबेसँगको खेल भने खेले। दोस्रो हाफमा उनी मैदान प्रवेश गरेका थिए।

यसलाई लिएर हङकङका सरकारी अधिकारी र प्रशंसकहरुले प्रश्न उठाएका छन्।

हङकङका सांसद केनेथ फोकले हङकङका प्रशंसकहरुको घाउमा नुन छर्किएको बताएका छन्।

हङकङको संस्कृति, खेलकुद तथा पर्यटन ब्युरोले भनेको छ, ‘मेस्सीले घाइते भएका कारण हङकङमा खेल्न सकेनन्। तर, तीन दिनपछि जापानमा उनले सहजै खेले। आयोजक र टोलीहरुले यसको उचित कारण दिऊन् भन्ने सरकारको अपेक्षा छ।’

चिनियाँ सरकारी समाचार पत्र ग्लोबल टाइम्सले जापानमा मेस्सीले खेलेपछि हङकङलाई फरक व्यवहार गरेको देखिएको बताएको छ।

प्रकाशित आलेखमा लेखिएको छ, ‘यो पटकको प्रिसिजन यात्राका ६ खेलमध्ये मेस्सीले नखेलेको एउटै खेल हङकङ मात्रै हो। यसले इन्टर मायामी र मेस्सीको नियतमा सन्देह पैदा गरेको छ।’

चिनियाँ सामाजिक सञ्जालमा यो घटनाले प्रमुख स्थान ओगटेको छ। ट्रेन्डिङमा रहेका शीर्ष १० विषयमा आधाभन्दा बढी मेस्सीसँग सम्बन्धित छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .