नामिबिया र नेदरल्याण्डस् सम्मिलित आईसीसी टी–२० आई त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो।
सिरिजको पहिलो खेलमा नेपालले फागुन १५ गते नामिबियासँग खेल्नेछ। १६ गते नेपालले नेदरल्याण्डस्सँग खेल्नेछ। १७ गते नेपाल र नामिबिया भिड्नेछन्।
१८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ। भने १९ गते सिरिजको आफ्नो अन्तिम खेलमा नेदरलल्याण्डस्सँग खेल्नेछ।
सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्याण्ड्स र नामिबिया खेल्नेछन्।
शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल २२ गते हुने तालिका छ।
सिरिजका सबै खेल बिहान साढे ९ बजे हुनेछ।
त्यसअघि नेपालले फागुन ३ गतेदेखि १३ गतेसम्म यीनै टोलीसँग आईसीसी विश्वकप लिग–२ खेल्ने तालिका छ।
279
Shares
प्रतिक्रिया