क्यानडाविरुद्धको दोस्रो एक दिवसीय खेलमा आकाश चन्दले डेब्यु विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले पहिलो विकेटका लागि ९४ रनको साझोदारी गरेको थियो।
अकाशले १८.२ ओभरमा ओपनर नवनित डालिवालको विकेट लिँदै ठूलो साझेदारी तोडेका थिए। नवनितले ६० बलमा ४६ रन बनाएर पेभेलियन फर्के।
पहिलो विकेटका लागि नेपालविरुद्ध क्यानडाले गरेको दोस्रो ठूलो साझेदारी हो।
यसअघि भारतका रोहित शर्मा र शुभमन गिलले एसिया कपमा १ सय ४७ रनको अविजित साझेदारी गरेका थिए।
129
Shares
प्रतिक्रिया