ad ad

खेल


नेपाल १३२ रनमै अलआउट, नामिबियालाई सामान्य चुनौती

नेपाल १३२ रनमै अलआउट, नामिबियालाई सामान्य चुनौती

नेपालखबर
फागुन ३, २०८० बिहिबार १२:३०, काठमाडौँ

आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १३२ रनमै अलआउट भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा पहिले ब्याटिङ थालेको नेपाल ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा समेटिएको हो। 

घरेलु टोली नेपालका ब्याटर फ्लप सावित हुँदा नामिबियाले १ सय ३३ रनको सामान्य लक्ष्य पाएको हो। 

नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १ सय ३२ रन बनाउँदा अलआउट भयो। नेपालले घरेलु मैदानमा बनाएको यो अहिलेसम्म कै कम योगफल हो। 

नामिबियाविरुद्ध नेपालका लागि भिम सार्कीले बनाएको ४४ रन नै सर्वाधिक रह्यो। ६ बलमा २ चौका र १ छक्का प्रहार गरेका भीम २ औँ ओभरको चौथो बलमा जेहार्ड इरासमसको बलमा एलबीडब्लु धरापमा पर्दै पेभेलियन फर्के। 

नेपाल एक समय ९.३ ओभरमा ४–२१ को अवस्थामा थियो। कुशल मल्ल र भिम सार्कीले पछिल्लो १० ओभरमा ४६ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए। 

पाँचौँ विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमायो। कुशल २० औँ ओभरको पाचौँ बलमा १५ रन बनाउँदा क्याच आउट भए। 

पवन सर्राफ २१ रनमा इरासमसको बलमा बोल्ड आउट भए। इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेल रोयल डक आउट भए।

कुशल रुवेन ट्रम्पलम्यानको बलमा स्मिथको हातबाट पहिलो बलमा नै क्याच आउट भएका थिए। 

तेस्रो ओभरको पहिलो बलमा अनिल शाह ८ रनमा क्याच आउट भए। ६ बलमा २ चौका हान्दै ८ रन बनाएका अनिल रुवेन ट्रम्पलम्यानकै बलमा एलबीडब्लु धरापमा परे। 

ओपनर आशिफ चौथो ओभरको पाँचौँ बलमा ४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। ११ बलमा १ चौका हानेका आशिफ ज्याब ब्रासेलको बलमा स्मिथ कै हातबाट क्याच आउट भएका हुन्। 

१० औँ ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेल १ रनमा बोल्ड आउट भए। १३ बलमा १ रन बनाएका रोहित ज्याक ब्रसेलको बलमा बोल्ड आउट भए। 

करण केसी १६ रन बनाउँदा इरासमसको बलमा एलबीडब्लु धरापमा परे। ललित राजवंशी शुन्य रनमा नटआउट रहे। 

नामिबियाका लागि जेहार्ड इरासमसले ५ विकेट लिए। उनले .१ ओभरमा २ रन खर्चेका थिए। रुवेन, ब्रसेल्सले समान २ विकेट लिए। जान निकोलले एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .