ललित राजवंशीले आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाका दुवै अोपनरलाई पेभेलियनको बाटो देखाएका छन्।
ललितले १४ औँ ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई २३ रनमा क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।
ओपनर माइकबलले ३३ बलमा ३ चौका हान्दै २३ रन बनाउँदा अनिल शाहको हातबाट क्याच आउट भए।
त्यसअघि ललित रजवंशीले छैटौं ओभरको तेस्रे बलमा ओपनर निकोलस डेभिनलाई १५ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।
नेपालले दिएको १ सय ३३ रनको साममन्य लक्ष्य पछ्याएको नामिबियाले १३.१ ओभरमा २ विकेट गुमाएर ५४ रन बनाएर खेलरिहेको छ।
459
Shares
प्रतिक्रिया