आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सले घरेलु टोली नेपालसाुम १ सय रन पनि नकटाउँदै ६ विकेट गुमाएको छ।
कसिलो बलिङ गरेको नेपालले २७ औँ ओभरको खेल जारी रहँदा ६ विकेट लिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरिरहेको नेदरल्याण्डस्ले २७ औँ ओभरको खेल जारी रहँदा ६ विकेटको क्षतिमा ९९ रन बनाएर खेलिरहेको छ।
नेपालका ललित राजवंशी २ विकेट लिए। सोमपाल कामी र कुशल भुर्तेलले समान एक विकेट आफ्नो नाममा गरे।
२ ब्याटर रन आउट हुन पुगे।
कुशलले २७ ओभरको तेस्रो बलमा वेस्ली बेरिसलाई शुन्य रनमा नै दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए।
ललितले २० औँ ओभरको दोस्रो बलमा वास डे लिडलाई २७ रनमा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाए।
त्यसअघि ललितले नै १६ औँ ओभरको चौथो बलमा साइब्राण्ड एङगलडेब्रेचलाई २३ रनमा अनिल शाहको हातबाट क्याच आउट गराएका थिए।
छैटौँ ओभरको अन्तिम बलमा ओपनर म्याक्स ओ डाउन १० रन बनाउँदा रन आउट भए।
तीव्र गतिका बलर सोमपाल कामीले ओपनर माइकल लेभिटलाई पहिलो ओभरको तेस्रो बलमा शुन्य रनमा देव खनालको हातबाट क्याच आउट गराए।
Shares
प्रतिक्रिया