आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्याण्डस्विरुद्ध नेपालले शानदार जित निकाले खेलमा नेपाली ओपनर कुशल भुर्तेल प्लेयर अफद म्याच घोषित भएका छन्।
बलिङ र ब्याटिङ दुवैतर्फ आफ्नो प्रभाव देखाएका उनी प्लेयर अफ द म्याच घोषित भएका हुन्।
भुर्तेलले बलिङतर्फ पनि आजको खेलमा आफ्नो क्षमता देखाए। उनले ७ ओभर बलिङ गर्दै केबल २० रन मात्रै दिएर नेदरल्याण्ड्सका सर्वाधिक ४ विकेट झार्न सफल भए।
आजको खेलमा ब्याटिङमा पनि उनले गतिलो सुरुवात दिलाए। उनले ओपनिङ गर्दै ११ बलमा २८ रन बनाए। जसमा २ चौका र ३ छक्का पनि थियो।
543
Shares
प्रतिक्रिया