ad ad

खेल


नेपाल ‘ए’ का सात खेलाडी समेट्दै टोली घोषणा, भीम र देव परेनन्

नेपाल ‘ए’ का सात खेलाडी समेट्दै टोली घोषणा, भीम र देव परेनन्

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार १९:४८, काठमाडौँ

नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानीमा टी–२० खेल्ने टोलीको घोषणा गरेको हो। 

यो टोलीमा यसअघि क्यानाडाविरुद्ध खेलेका नेपाल ‘ए’ का सात खेलाडी समेटिएका छन्।

नेपाल ‘ए’ का कप्तान विनोद भण्डारी, प्रतिस जीसी, सन्दीप जोरा, विवेक यादव, रसिद खान, सागर ढकाल र अविनाश बोहोरा टी-२० खेल्ने राष्ट्रिय टोलीमा अटाएका छन्।

टी-२० को टोलीमा भीम सार्की, देव खनाल, सूर्य तामाङ र पवन सर्राफ समेटिएका छैनन्। 

टी–२० विश्वकपको तयारीमा रहेको नेपालले आईसीसी विश्वकप लिग–२ खेलेका टोलीसँग सिरिज खेल्न लागेको हो। नेपालले मंगलबार देखि घरेलु मैदानमा टी २० सिरिज खेल्नेछ। 

सिरिजको पहिलो खेलमा नेपालले फागुन १५ गते नामिबियासँग खेल्नेछ। १६ गते नेपालले नेदरल्याण्डस्सँग खेल्नेछ। १७ गते नेपाल र नामिबिया भिड्नेछन्।

१८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ। भने १९ गते सिरिजको आफ्नो अन्तिम खेलमा नेदरलल्याण्डस्सँग खेल्नेछ।

सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन्। 

शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल २२ गते हुने तालिका छ। सिरिजका सबै खेल बिहान साढे ११ बजे हुनेछ।

टी–२० खेल्ने टोली
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहोरा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .