ad ad

खेल


नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल २० रनले पराजित

नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल २० रनले पराजित

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १५, २०८० मंगलबार १४:५३, काठमाडौँ

घरेलु मैदानमा सुरु नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। 

मंगलबार भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो। 

नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १ सय ८६ रन बनाउँदा अलआउट भयो। 

नेपालका लागि दिपेन्द्र सिंह ऐरिले ४८ रन बनाउँदा क्याच आउट भए। ३२ बलमा २ चौका र २ छक्का हानेका ऐरि रुवेन ट्रम्पलम्यानको बलमा क्याच आउट हुन पुगे।

कप्तान रोहित पौेडेलले ४२ रन बनाए। कुशल मल्ल ३२ र सोमपाल कामी २६ रनमा पेभेलियन फर्के। 

आक्रमक ब्याटिङ गरेका सोमपालले १७ औँ ओभरमा १९ रन लिए। सोमपालले ११ बलमा त्त चौका र ३ छक्का महद्धतमा २६ रन बनाउँदा क्याच आउट भए। 

सन्दीप जोरा ५ रन बनाउँदा क्याच आउट भए। छैटौँ विकेटका रुपमा नेपालले सन्दीपलाई १४ औँ ओभरको तेस्रो बलमा गुमाएको हो। 

नेपालले १२ औँ ओभरको पाचौँ बलमा गुल्सन झा १२ रन बनाउँदा बोल्ड आउट भए। १२ औँ ओभरमो चौथो बलमा छक्का हानेका गुल्सन पाचौँ बलमा भने बेनार्डको बलमा बोल्ड आउट भए। 

चौथो विकेटका रुपमा कुशल मल्ललाई ३२ रनमा गुमाएको थियो। २१ बलमा ४ चौका र १ छक्क हानेका कुशल बेनार्ड स्कचको बलमा क्याच आउट हुन पुगे। 

२४ बलमा ३ चौका र ३ छक्का सहयोगमा ४२ रन बनाएका कप्तान रोहित आठौँ ओभरको तेस्रो बलमा जान निकोल लोफ्टी–इटोनको बलमा जान फ्रेलिंकको हातबाट क्याच आउट भए। 

त्यसअघि नामिबियाकन रुवेन ट्रम्पलम्यानले नेपालका दुवै ओपनरलाई पेभेलियनको बाटो देखाएका थिए।  

ओपनर आशिफ शेख ६ रन बनाउँदा क्याच आउट भए। त्यसअघि ओपनर कुशल भुर्तेल इनिङस्को पहिलो बलमा नै आउट भए।

ट्रम्पलम्यानले ओपनर कुशललाई पहिलो बलमा नै एलबीडब्लु धरापमा पारे।  

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रनको योगफल तयार पारेको थियो। 

चौथो विकेटका लागि जान निकोल लोफ्टी–इटोन र मलान क्रुगरले १ सय ३५ रनको साझेदारी गरेपछि नेपालविरुद्ध विशाल लक्ष्य प्रस्तुत गर्ने आधार खडा गरे। 

जान निकोल लोफ्टी–इटोन १ सय १ रनमा आउट भए। अन्तिम ओभरको दोस्रो बलमा अविनास बोहोराले उनलाई गुल्सन झाको हातबाट क्याच आउट गराउँदै नेपाललाई महत्वपुर्ण विकेट दिलाएका थिए।  

३६ बलमा ११ चौका र ८ छक्का हानेका उनी १ सय १ रन बनाउँदै पेभेलियन फर्के। 

जानले ३३ बलमा ११ चौका र ८ छक्का मद्धतमा शतक पूरा गर्दै कीर्तिमानी शतक पूरा गरेका थिए। 

यससँगै उनले कुशल मल्लको विश्व कीर्तिमान तोडेका हुन््। कुशलले सन् २०२३ को १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाउँदै कीर्तिमान बनाएका थिए।

नेपालविरुद्ध शतक पूरा गर्ने जान निकोल दोस्रो खेलाडी हुन्। यसअघि १९ औँ एसियन गेम्समा भारतीय टोलीका यशस्वी भूपेन्द्र कुमार जैसवालले शतक हानेका हुन्। नेपालविरुद्ध सर्वाधिक रन बनाउने जान निकोल पहिलो खेलाडी हुन्। 

नेपालविरुद्ध डेब्यु खेल खेलेका मलान क्रुगर ५९ रनमा नटआउट रहे। मलानले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। कप्तान जेजे स्मिथ १ रनमा नटआउट रहे। 

नामिबिया एक समय १०.४ ओभरमा ६२–२ को अवस्थामा थियो। १२ औँ ओभरपछि आएर नेपालले लय गुमाउन पुग्यो। गुल्सन झा ले १८ रन दिए। १३ औँ ओभरमा कप्तान रोहित पौडेलले पनि १८ रन नै दिए। त्यसपछि नेपाल खेलमा फर्कन सकेन। 

कप्तान रोहित पौडेलले ११ औँ ओभरको चौथो बलमा ५ रन बनाएका जान फ्रेलिंकलाई विकेटकिपरको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।

त्यसअघि कप्तान रोहितले नै जिन कोट्जलाई क्याच आउट गराउँदै नेपाललाई दोस्रो सफलता दिलाएका थिए। रोहितले नवौँ ओभरको दोस्रो बलमा ११ रन बनाएर खेलिरहेका कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराए। 

छैटौँ ओभरको पाचौँ बलमा करण केसीले १९ बलमा २ चौका र १ छक्का हानेका ओपनर माइकल भान लिंगेनलाई गुल्सन झाको हातबाट क्याच आउट गराएका थिए।

पहिलो विकेटका लागि माइकल र मलान क्रुगरले ३६ रनको साझेदारी गरेका थिए। सिरिजको दोस्रो खेलमा नेपालले बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .