ad ad

खेल


प्रतिशपछि कुशलले लिए लगातार २ विकेट, संकटतिर नेदरल्यान्ड्स

प्रतिशपछि कुशलले लिए लगातार २ विकेट, संकटतिर नेदरल्यान्ड्स

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १९, २०८० शनिबार १२:३०, काठमाडौँ

टी २० आई त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालविरुद्ध पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्स संकटतर्फ गएको छ।

नवौँ औँ ओभरको पहिलो र पाँचौँ बलमा प्रतिश जिसीले २ विकेट झारेलगत्तै कुशल मल्लले पनि नेदरल्यान्ड्सका थप २ विकेट लिएर उसलाई संकटमा पारेका छन्।

कुशलले १० औँ ओभरको पाँचौँ र छैटौँ बलमा नेदरल्यान्ड्सका लगातार २ विकेट झारे।

उनले आर्यन दत्त र नोहा कोरेसको विकेट झारेका हुन्। आर्यनलाई शून्य र नोहालाई ३ रनमा कुशलले पेभेलियनको बाटो देखाए। 

यसअघि पहिलो ओभरमा नै करण केसीले दुई विकेट लिएर नेदरल्यान्ड्सलाई सुरुबाटै दबाबमा पारेका थिए।

त्यसपछि प्रतिश जिसीले नवौँ ‌ओभरको पहिलो र पाँचौँ बलमा नेदरल्यान्ड्सको तेस्रो र चौथो विकेट झारे।

उनले स्कट इडवार्ड्सलाई १८ रन बनाएको अवस्थामा नवौँ ओभरको पहिलो बलमा पेभेलियन फर्काए।

त्यसपछि नवौँ ओभरकै पाँचौँ बलमा उनैले म्याक्स वडाउडलाई ३१ रन बनाएको अवस्थामा आउट गरे।

त्यसअघि ओभरको चौथो बलमा ओपनर माइकल लेभिटलाई करण केसीले ४ रनमा आउट गराएका थिए।

पहिलो ओभरको अन्तिम बलमा सेब्रड एंगेलब्रेटाई शून्य रनमै करणले पेभेलियनको बाटो देखाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .