ad ad

खेल


नेपाली बलरहरू हाबी हुँदा १२० रनमै समेटियो नेदरल्यान्ड्स

नेपाली बलरहरू हाबी हुँदा १२० रनमै समेटियो नेदरल्यान्ड्स

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १९, २०८० शनिबार १३:९, काठमाडौँ

टी-२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालविरुद्ध पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्स १२० रनमै समेटिएको छ।

नेपाली बलरहरू हाबी भएको खेलमा नेदरल्यान्ड्स सुरुदेखि  नै संकटमा परेको थियो।

नेपाली बलरहरूले एकपछि अर्को प्रभाव देखाउँदा नेदरल्यान्ड्सले १२१ रनको सामान्य चुनौती दिएको हो। 

सिरिजको पाचौँ खेलमा नेदरल्यान्ड्सले नेपालसामु जितका लागि १ सय २१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ३ बल अगावै १ सय २० रन बनाउँदा अलआउट भयो। 

नेदरल्यान्ड्सलाई कम स्कोरमा रोक्न प्रतिश जिसीले तीन विकेट लिए। करण केसी र कुशल मल्लले समान २ विकेट लिए। दीपेन्द्र सिंह ऐरीको नाममा एक विकेट रह्यो। 

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ डाउडले बनाएको ३१ रन नै सर्वाधिक रह्यो। 

दशौँ ओभरमा कुशल मल्लले दुई विकेट लिए। कुशलले दशौँ ओभरमो पाचौँ बलमा नोए क्रोसलाई ३ रनमा क्याच आउट गराए। लगत्तै अर्को बलमा आर्यन दत्तलाई शुन्य रनमा नै बोल्ड आउट गरे। 

त्यसअघि प्रतिन जिसीले नवौँ ओभरमा दुई विकेट लिएका थिए। प्रतिशले नवौ ओभरको पहिलो बलमा कप्तान स्कट इवार्डलाई १८ रनमा बोल्ड आउट गरे। सोही ओभरको पाँचौँ बलमा म्याक्स ओ डाउडलाई ३१ रनमा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाए। उनले २४ बलमा ४ चौका र १ छक्का हाने।

प्रतिशले नै १५ औँ ओभरको तेस्रो बलमा तेजा निडामनुरुलाई ५ रनमा बोल्ड आउट गरे। 

१८ औँ ओभरको चौथो बलमा दिपेन्द्र सिंह ऐरिले टिम भान डेर गुटेठनलाई २४ रनमा बनाउँदा सोमपाल कामीको हातबाट क्याच आउट गराए। कायल केलिन शुन्य रनमा नै रन आउट भए। 

भिभियन कांग्मा ४ रन बनाउँदा रन आउट भए। 

त्यसअघि अलराउण्डर करण केसीले पहिलो ओभरमा नै दुई विकेट लिए। करणले ओभरको चौथो बलमा ओपनर माइकल लेभिट ४ रनमा आउट गराएका थिए।

करणले माइकललाई ४ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए। यो सँगै दीपेन्द्रले नेपालका लागि क्याच आउट गराउने खेलाडीको सूचीमा शीर्ष स्थानमा आएका छन्। टी–२० आईमा दीपेन्द्रले २४ औँ क्याच लिएका हुन्।

यसअघि कुशल भुर्तेलले २३ क्याच लिएका थिए।  करणले पहिलो ओभर कै अन्तिम बलमा सेब्रड एंगेलब्रेटाई शुन्य रनमौ पेभेलियनको बाटो देखाए। 

नेपालले आजको खेलमा जित निकाले फाइनल खेल्ने सम्भावना बलियो बनाउनेछ। हार वा जितको नतिजाले पनि भोलि हुने नामिबिया र नेदरल्याण्डस्बिचको खेलको नतिजामा भर पर्नुपनेर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .