टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपाल अहिले नेदरल्यान्ड्सविरुद्ध खेलिरहेको छ।
नेपालको कसिलो बलिङका कारण नेदरल्यान्ड्स १२० रनमै समेटिएको छ।
शनिबार बिदाको दिन भएकाले कीर्तपुर स्टेडियममा नेपाली समर्थकहरू ओइरिएका छन्।
नेपाली समर्थकहरूको विश्व क्रिकेट जगतमा पछिल्लो समय धेरै चर्चा हुने गरेको छ।
पहिले बलिङ गर्दै नेपालले ३ बल अगावै नेदरल्यान्ड्सलाई अलआउट गर्दै १२० रनमा समेटेको हो।
नेपालले सामान्य स्कोर पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ। अहिले नेपालले २ विकेट गुमाउँदै लक्ष्य पछ्याइरहेको छ।
219
Shares
प्रतिक्रिया