अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल आउने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार एक विज्ञप्ति निकालेर आईसीसी अध्यक्ष आगामी सोमबार चार दिनका लागि नेपाल आउन लागेको जनाएको छ।
क्यान अध्यक्ष चुतरबहादुर चन्दले आईसीसी अध्यक्षको भ्रमणलाई नेपाली खेलकुद विकासको अवसरको ढोका हुन सक्ने जनाएका छन्।
आईसीसी अध्यक्ष नेपालमा रहँदा त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा जानेछन्।
सन् २०२७ को यू–१९ वुमन्स विश्वकप क्रिकेटको नेपालले सह-आयोजना गर्ने सम्भावनाबारेमा उनले त्रिवि र मूलपानी मैदान निरीक्षण गर्न लागेका हुन्।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई पनि भेट्ने भएका छन्।
768
Shares
प्रतिक्रिया