नेपाल र आयरल्यान्डबीच हुने एक दिवसीय तथा टी-२० क्रिकेटको खेल तालिका शुक्रबार सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्डस्थित वल्भ्ससँगको तालिका सार्वजनिक गरेको हो। आयरल्याण्डले नेपालविरुद्ध जम्मा ८ खेल खेल्ने भएको छ।
आयरल्यान्डले नेपालमा ३ फरक सिरिज खेल्ने तालिका आएको। पहिलो सिरिजमा नेपाली राष्ट्रिय टोली र आयरल्यान्डबीच मार्च २५ र २६ मा दुई टी–२० हुनेछ।
यसपछि आयरल्यान्डले बाँकी खेल नेपाल ‘ए’ सँग खेल्नेछ।
दोस्रो टी–२० सिरिजअन्तर्गत नेपाल 'ए' र आयरल्यान्डबीच ३ खेल हुने भएका छन्। नेपाल 'ए' र आयरल्यान्डबीच मार्च २८, मार्च २९ र मार्च ३१ मा खेल हुनेछ।
अन्तिम सिरिजमा नेपाल ए र आयरल्यान्डबीच ३ खेलको एकदिवसीय सिरिज हुने क्यानले जनाएको छ। यो सिरिजको पहिलो खेल ३ अप्रिल, दोस्रो ५ अप्रिल र तेस्रो ७ अप्रिलमा हुने क्यानले जनाएको छ।
54.4k
Shares
प्रतिक्रिया