काठमाडौँस्थित दशरथ रंगशालामा शनिबार आयोजित ‘राइट टु प्रोटिन रन’अन्तर्गत हाफ म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र महिलातर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेका छन्।
दीपकले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा तथा सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्।
दीपकले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा तथा सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्।
पुरुषतर्फ दीपकले नेपाल एपीएफ क्लबका गोपिचन्द्र पार्कीलाई ९ सेकेन्डले पछि पारे। पार्की १ घण्टा ७ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै दोस्रा भए।
यस्तै निर्धारित दूरी १ घण्टा ७ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै तीर्थ पुन तेस्रा भए भने आर्मीका नरेन्द्र रावल १ घण्टा ८ मिनेट ५१ सकेन्डमा पूरा गर्दै चौथा भए। निर्धारित दूरी १ घण्टा ८ मिनेट ५६ सकेन्डमा पूरा गर्दै खडक बहादुर खड्का पाँचौँ स्थानमा रहे।
उता महिलातर्फ सन्तोषीले नेपाल पुलिसकी राममाया बुढालाई पछि पारिन्। बुढा निर्धारित दूरी १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै दोस्रा बनिन्।
एपीएफकी पुष्पा भण्डारीले निर्धारित दूरी १ घण्टा २३ मिनेट २ सेकेन्डमा पूरा गरेर तेस्रो स्थान हासिल गरिन्। आर्मीकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २३ मिनेट २० सेकेन्डमा पूरा गरेर चौथौ बनिन् भने एपीएफकी फूलमती राना १ घण्टा २५ मिनेट १७ सकेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पाँचौँ बनिन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको हाफ म्याराथन भक्तपुरको राधेराधे पुगेर फेरि रंगशाला नै फर्किएको थियो।
Shares
प्रतिक्रिया