टी-२० सिरिज अन्तर्गतको दोस्रो खेलमा आयरल्याण्ड 'ए' विरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ५० रन जोड्दा दुवै ओपनरसहित ३ विकेट गुमाएको छ।
तेस्रो क्रमका अनिल साह ६.५ ओभरमा ढोन्ये बी ह्यान्डबाट क्याच आउट भएका हुन्। उनले ९ बलमा केबल ११ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङमा गएको नेपालका ओपनर आशिफ शेख खेलको २.५ ओभरमा म्याथ्यु फस्टरको बलमा आउट भए।
आसिफ ९ बलमा ११ रन बनाएको अवस्थामा आउन भएका हुन्।
यसअघि सोमबार भएको पहिलो खेलमा पनि लेन्थको बलमै आशिफ विकेटकिपरबाट १६ रनमा क्याच आउट भएका थिए।
त्यस्तै खेलको ४.३ ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भए। उनी १६ बलमा २५ रन जोडेर आउट भए।
अहिले नेपाल ७ ओभर खेल्दै ३ विकेटको क्षतिमा ५९ रन बनाएर खेलिरहेको छ। क्रिजमा कप्तान रोहित पौडेल र गुलशन झा छन्।
531
Shares
प्रतिक्रिया