टी-२० सिरिज अन्तर्गतको दोस्रो खेलमा आयरल्याण्ड 'ए' विरुद्ध पहिले ब्याटिङ गरेको नेपालले चौथो विकेट गुमाएको छ।
नेपालका ब्याटर गुलशन झा अर्धशतक बनाउन चुकेका छन्। उनी ३२ बलमा ४६ रन बनाउँदै आउट भए।
कप्तान गुलशन झासँग अर्धशतकीय साझेदारी गरेका उनलाई रक बी ह्वाइटले क्याच आउट गराए।
यसअघि नेपालले ५० रन जोड्दा दुवै ओपनरसहित ३ विकेट गुमाएको थियो।
तेस्रो क्रमका अनिल साह ६.५ ओभरमा ढोन्ये बी ह्यान्डबाट क्याच आउट भएका थिए। उनले ९ बलमा केबल ११ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङमा गएको नेपालका ओपनर आशिफ शेख खेलको २.५ ओभरमा म्याथ्यु फस्टरको बलमा आउट भए।
आसिफ ९ बलमा ११ रन बनाएको अवस्थामा आउन भएका थिए।
यसअघि सोमबार भएको पहिलो खेलमा पनि लेन्थको बलमै आशिफ विकेटकिपरबाट १६ रनमा क्याच आउट भएका थिए।
त्यस्तै खेलको ४.३ ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भए। उनी १६ बलमा २५ रन जोडेर आउट भए।
अहिले नेपाल १५ ओभर खेल्दै ४ विकेटको क्षतिमा १३१ रन बनाएर खेलिरहेको छ। क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन्।
Shares
प्रतिक्रिया