नेपालका कप्तान रोहित पौडेल आउट भएका छन्। उनी २४ बलमा ३३ रन बनाउँदै आउट हुँदा नेपालले पाँचौँ विकेट गुमाएको छ।
टी-२० सिरिज अन्तर्गतको दोस्रो खेलमा आयरल्याण्ड 'ए' विरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ताजा अवस्थामा ५ विकेटको क्षतिमा १५७ रन बनाइसकेको छ।
यसअघि नेपालका ब्याटर गुलशन झा अर्धशतक बनाउन चुकेका थिए। उनी ३२ बलमा ४६ रन बनाउँदै आउट भएका थिए।
कप्तान गुलशन झासँग अर्धशतकीय साझेदारी गरेका उनलाई रक बी ह्वाइटले क्याच आउट गराए।
पहिले ब्याटिङ गरेको नेपालले ५० रन जोड्दा दुवै ओपनरसहित ३ विकेट गुमाएको थियो।
तेस्रो क्रमका अनिल साह ६.५ ओभरमा ढोन्ये बी ह्यान्डबाट क्याच आउट भएका थिए। उनले ९ बलमा केबल ११ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङमा गएको नेपालका ओपनर आशिफ शेख खेलको २.५ ओभरमा म्याथ्यु फस्टरको बलमा आउट भए।
आसिफ ९ बलमा ११ रन बनाएको अवस्थामा आउन भएका थिए।
यसअघि सोमबार भएको पहिलो खेलमा पनि लेन्थको बलमै आशिफ विकेटकिपरबाट १६ रनमा क्याच आउट भएका थिए।
त्यस्तै खेलको ४.३ ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भए। उनी १६ बलमा २५ रन जोडेर आउट भए।
अहिले नेपाल १६ ओभर खेल्दै ५ विकेटको क्षतिमा १५८ रन बनाएर खेलिरहेको छ। क्रिजमा कुशल मल्ल र सन्दीप जोरा छन्। कुशलले ८ बलमा २३ रन बनाइसकेका छन्।
Shares
प्रतिक्रिया