ओमानमा हुने एसीसी प्रिमियर कप खेल्ने नेपाली क्रिकेट टोलीलाई खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार बिदाइ गरेका छन्।
एसियाली क्रिकेट परिषद (एसीसी) सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेको समूह एमा परेका छन्।
समूह बीमा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया छन्।
नेपालले प्रिमियर कपको पहिलो खेलमा आगामी चैत्र ३० गते मलेसियासँग खेल्नेछ।
दोस्रो खेलमा वैशाख १ गते कतारसँग तथा तेस्रो खेलमा वैशाख ३ गते हङकङसँग खेल्ने तालिका छ। समूह चरणको अन्तिम खेलमा वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।
समूहको शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनलका खेलहरु वैशाख ७ गते हुनेछ।
सेमिफाइनलका विजेताले फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।
तेस्रो स्थानको खेल वैशाख ८ गते हुनेछ। उपाधि भिडन्त वैशाख ९ गते हुने तालिका छ। कारणवश फाइनलखेल ९ गते हुन नसके १० गतेका लागि रिजर्भ डे राखिएको छ।
च्याम्पियनसिप फागुन ३० देखि वैशाख ९ गते सम्म चल्नेछ। प्रिमियर कपको विजिेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ।
च्याम्पियनसिपका सबै खेल ओमानमा हुनेछन्।
बिदाइका तस्बिर-
Shares
प्रतिक्रिया