आयरल्यान्ड 'ए'सँगको खेलका लागि नेपाल 'ए' टोलीले पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीका कप्तान विनोद भण्डारीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
यसअघि बिहीबारबाट टी–२० सिरिज सुरु हुने भनिएको थियो। तर वर्षाका कारण मैदान भिजेपछि आजबाट सिरिज सुरु हुन लागेको हो।
यो सिरिजका लागि नेपाली टोलीमा कमलसिंह ऐरीले पुनरागमन गरेका छन्।
आयरल्यान्डविरुद्धको खेलमा पवन सर्राफ, नारायण जोशी, विपिन खत्री, विकास अग्री बेन्चमा छन्।
नेपाली टोली :
विनोद भण्डारी, लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, रासिद खान, सागर ढकाल, कमल सिंह ऐरि, हेमन्त धामी।
78
Shares
प्रतिक्रिया