नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपाल 'ए' का लोकेश बमले शतक बनाएका छन्।
नेपाली टोलीबाट ओपनिङमा आएका उनले विस्फोटक ब्याटिङ गर्दै ५२ बलमा १०१ रन बनाउन सफल भएका हुन्। उनले आफ्नो पारीमा ८ चौका र ८ छक्कासमेत हानेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल 'ए' टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको विशाल लक्ष्य दिएको थियो।
त्यसलाई पछ्याउने क्रममा ओपनर बमले शानदार ब्याटिङ गरेर शतक बनाएका हुन्। लोकेशलाई पाँचौँ क्रममा आएका आरिफ शेखले गतिलो साथ दिए।
उनले पनि उत्कृष्ट ब्याटिङ गरेका छन्। आरिफ पनि २१ बलमा ४५ रन बनाउँदै अर्धशतक नजिक पुगिसकेका छन्।
462
Shares
प्रतिक्रिया