एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिज अन्तर्गत गुजरातविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले ब्याटिङ गर्ने भएको छ।
गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा गुनरातले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो।
आजको खेलमा नेपाल लतागार तेस्रो जितको खोजीमा हुँदा गुजरात भने पहिलो जित निकाल्ने योजनामा छ।
पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको नेपाल गुजरात लगातार दोस्रो पटक जित निकाल्न चाहन्छ।
नेपाली टोलीले आफ्नो दोस्रो खेलमा मंगलबार बरोडालाई २७ रनले हराएको गरेको हो।
उता गुजरात भने नेपाली टोलीलाई हराउँदै पहिलो खेलमा भोगेको हारको बदला लिन चाहान्छ।
गुजरातले दोस्रो खेलमा बरोडासँग ५ विकेटले पराजित भएको थियो।
नेपाली टोली :
नेपाली टोलीः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, सोमपाल कामी, अविनाश बोहरा र प्रतिश जिसी।
बेन्च : करण केसी, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र आकाश चन्द
Shares
प्रतिक्रिया