एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिज अन्तर्गत गुजरातविरुद्ध जितका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले १ सय ८२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा गुनरातले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रनको योगफल तयार पारेको हो।
पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले १३.३ ओभरमा १ सय २५ रनको उत्कृष्ट साझेदारी गरे।
आशिफ शेख ८५ रन बनाउँदै पेभेलियन फर्के। कुशल ६७ रन बनाउँदै आउट भए। उनले ४४ बलमा ९ चौका र २ छक्का हाने।
नेपालका ओपनरले उत्कृष्ट सुरुवात गरेपनि मध्यक्रमका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्।
विवेक यादव ७ र प्रतिश जिसी ४ रनमा नटआउट रहे। सन्दीप जोरा २ र कुशल मल्लले १ रन बनाए। गुलशन झा ४ र रोहित पौडेल ३ रनमा आउट भए। अनिल शाह शुन्य रनमा नै पेभेलियन फर्किए।
गुजरातका लागि जयमित पटेलले ३ विकेट लिए। आर्या देसाई र दुसन्त सोनीले समान २ विकेट लिए।
Shares
प्रतिक्रिया