एसएमएस फ्रेन्डसिप कपअन्तर्गत बरोडा क्रिकेट एसोसिएसनविरुद्धको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
कप्तान रोहित पौडेलसहित मुख्य चार खेलाडीलाई विश्राम दिँदै नेपालले अरु खेलाडीलाई अवसर दिएको हो। रोहित विश्राममा गएपछि दीपेन्द्रसिंह ऐरीले कप्तानी गरेका छन्।
मुख्य खेलाडीलाई विश्राम दिएको नेपाललले गुजरातको वापीमामा फिल्डिङको निम्तो पाएको छ। बरोडाविरुद्ध प्रशिक्षक मोन्टी देसाईंले रोहितसँगै सोमपाल कामी, अविनाश बोहरा र आशिफ शेखलाई विश्राम दिएका छन्।
669
Shares
प्रतिक्रिया