प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता चितवनको भरतपुरमा आज (आइतबार) सुरु हुँदै छ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिता हुने भएको हो।
आयोजकका अनुसार उक्त प्रतियोगिता अपराह्न ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ।
प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ।
पुरुष फुटबलबाहेक सबै खेल चितवनमा हुनेछन्।
पुरुष फुटबल भने हेटौँडास्थित गौरीटार रंगशालामा हुनेछ।
प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ काँस्य पदको व्यवस्था गरिएको छ।
प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ।
प्रतियोगिताको समापन वैशाख १ गते हेटौँडाको गौरीटार रंगशालामा गरिने आयोजकले जानकारी दिएको छ।
Shares
प्रतिक्रिया