स्टेफन दोहेनीको शतकमा आयरल्याण्ड ‘ए’ ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाल ‘ए’ सामु २ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८४ रनको योगफल तयार पारेको हो।
जारी सिरिजमा बनेको यो अहिलेसम्म कै सर्वाधिक विशाल योगफल हो।
आयरल्याण्डका लागि ओपनर स्टेफनले शतक पूरा गरे। उनले १ सय २६ बलमा ८ चौका र १ छक्का मद्धतमा शतक पूरा गरे।
स्टेफन ४७ ओभरको दोस्रो बलमा रिजन ढकालको बलमा विकेट किपर अर्जुन सावदको हातबाट क्याच आउट भए।
पिटर मुरले ४४ रन थपे। मोरङ टोपिङले २१ र फियोन ह्यान्डले २० रन बनाए। गाभिन होइ १४ रनमा पेभेलियन फर्के।
म्याथु २३ रनमा रनआउट भए। वेन ह्वाइट १९ रनमा नटआउट रहे।
नेपाल ए का लागि रिजन ढकाल र रञ्जित कुमारले समान ३ विकेट लिए। विकास अग्री र साहब आलमले एक एक विकेट आफ्नो नाममा गरे।
यसअघि नै एक दिवसय सिरिज गुमाइसकेको नेपाल आजको खेल प्रतिष्ठाको लागि खेलिरहेको छ। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
Shares
प्रतिक्रिया